Khaptad Organic Nepal

काठमाडौँ । मनाङस्थित हिम्लुङ हिमालको आधार शिविर नजिकै गएको हिमपहिरोमा परी बेपत्ता भएकामध्ये दुई जनाको मृत शव फेला परेको छ ।

नेपाल प्रहरीका अनुसार हिउँमा पुरिएर बेपत्ता भएकाहरूको खोजी गर्ने क्रममा दुई जनाको शव फेला परेको हो । दुर्घटनामा परेका अन्य व्यक्तिहरूको खोजी तथा उद्धार कार्य भने निरन्तर जारी राखिएको छ ।

पर्वतारोही एवम् राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद मिङ्मा डेभिड शेर्पाका अनुसार हिमपहिरोमा परेर अझै १४ जना बेपत्ता रहेका छन् । उद्धारका लागि मिङ्मा जीसहितको टोली घटनास्थलतर्फ परिचालन भइसकेको र खोजी कार्यलाई तीव्रता दिइएको उनले जानकारी दिएका छन् ।

देशका विभिन्न भागमा एकैपटक आइपरेका विपद्का कारण उद्धार कार्य जटिल बने पनि बेपत्ताहरूको शीघ्र खोजी र प्रभावितको सुरक्षाका लागि टोली खटिरहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।