Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओमिङबीच भोटेकोशी बाढीपछि उत्पन्न परिस्थितिबारे छलफल भएको छ ।

मंगलबार लामिछानेको बुढानीलकण्ठस्थित निवासमा पुगेर राजदूत माओमिङले बाढीका कारण पुगेको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गरे । त्यसक्रममा उनले विपद्को यो कठिन समयमा चीन नेपाललाई जुनसुकै प्रकारको सहयोग गर्न तयार रहेको स्पष्ट पारे । उद्धार, राहत तथा पुनर्निर्माणको प्रक्रियामा चीन नेपालको साथमा रहने प्रतिबद्धता उनले जनाएका छन् ।

विपद्लगत्तै चीनले नेपालमा उद्धारकर्मी र डीएनए विशेषज्ञसहितको टोली खटाएको स्मरण गराउँदै राजदूत माओमिङले आवश्यकता रहेसम्म सहयोग निरन्तर रहने जानकारी दिए ।

भेटमा रास्वपा सभापति लामिछानेले नेपाल संकटमा पर्दा चीनले गर्दै आएको सहयोगका लागि आभार प्रकट गरे । उनले आगामी दिनमा बाढीपहिरोजस्ता विपद्को क्षति न्यूनीकरण गर्न पूर्वसूचना प्रणालीलाई थप सुदृढ र प्रभावकारी बनाउनुपर्नेमा जोड दिँदै दुई देशबीच अझ बलियो समन्वयको प्रस्ताव राखेका थिए ।

लामिछानेको प्रस्तावमा सहमति जनाउँदै राजदूत माओमिङले विपद् पूर्वसूचना प्रणालीलाई प्रविधिमैत्री र प्रभावकारी बनाउन चीन प्रतिबद्ध रहेको बताए ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।