Khaptad Organic Nepal

काठमाडौँ । देशैभर विभिन्न सचेतनामूलक कार्यक्रमको आयोजना गरी आज ६०औँ अन्तर्राष्ट्रिय साक्षरता दिवस मनाइँदै छ ।

सन् १९६६ मा युनेस्कोले घोषणा गरेपछि सन् १९६७ देखि हरेक वर्ष सेप्टेम्बर ८ मा यो दिवस मनाउन थालिएको हो । व्यक्ति, परिवार र समग्र समाजका लागि साक्षरताको महत्त्वबारे जनचेतना फैलाउनु यसको मुख्य ध्येय हो । नेपालको सन्दर्भमा गणतन्त्र स्थापनापछि अन्तर्राष्ट्रिय साक्षरता दिवसकै अवसरमा शिक्षा दिवस पनि मनाउने प्रचलन सुरु भएको पाइन्छ ।

साक्षरता उन्मूलनका लागि वि.सं. २०६५ देखि राष्ट्रिय अभियान चलाइए पनि अझै ११ जिल्ला साक्षर घोषणा हुन बाँकी छन् । हालसम्म ७७ मध्ये ६६ जिल्ला मात्र साक्षर घोषित भएका छन् भने मधेस प्रदेशका आठै जिल्ला तथा कर्णालीका हुम्ला, कालिकोट र डोल्पामा यो लक्ष्य हासिल हुन सकेको छैन । प्रदेशगत आधारमा बागमती, गण्डकी र कोशी मात्र पूर्ण साक्षर घोषित भएका छन् ।

नेपाल जीवनस्तर सर्वेक्षण २०२२/२३ अनुसार नेपालको समग्र साक्षरता दर ७७.४ प्रतिशत पुगेको छ । तथ्याङ्क अनुसार पुरुषको साक्षरता दर ८५.८ प्रतिशत रहँदा महिलाको साक्षरता दर भने ७०.१ प्रतिशतमा सीमित छ । १५ वर्षभन्दा माथिको उमेर समूहमा साक्षरता दर ७२.५ प्रतिशत छ ।

भौगोलिक र क्षेत्रीय हिसाबले गण्डकी प्रदेश (८३.४ प्रतिशत) र काठमाडौँ उपत्यकाको सहरी क्षेत्र साक्षरतामा सबैभन्दा अगाडि देखिएका छन् भने मधेस प्रदेशको ग्रामीण क्षेत्रमा अझै पनि साक्षरता दर निकै सुस्त रहेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।