Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को आगामी सिजनका लागि काठमान्डु गोर्खाजले अस्ट्रेलियाका चर्चित ब्याट्सम्यान डेभिड वार्नरलाई टोलीमा सामेल गरेको छ ।

काठमान्डु गोर्खाजले सामाजिक सञ्जालमार्फत वार्नरसँगको सम्झौताबारे औपचारिक जानकारी दिएको हो । वार्नर एनपीएलको इतिहासमै खेल्न आउन लागेका हालसम्मकै उच्च कदका अन्तर्राष्ट्रिय खेलाडी हुन् । ३९ वर्ष पुगेका वार्नरले अस्ट्रेलियालाई दुई पटक एकदिवसीय विश्वकप, एक पटक टी-२० विश्वकप र विश्व टेस्ट च्याम्पियनसिपको उपाधि दिलाउन महत्त्वपूर्ण भूमिका खेलेका छन् ।

यसअघि गोर्खाजले श्रीलंकाका अलराउन्डर सहान अराचचिगे र भारतका विकेटकिपर-ब्याट्सम्यान केएस भरतलाई टोलीमा आबद्ध गरिसकेको छ ।

करण केसीको कप्तानीमा रहेको काठमान्डु गोर्खाजले यसपटक भिम सार्की, आदील आलम, रशिद खान, सन्तोष यादव र शाहाब आलमलाई यथावत् राखेको छ । त्यसैगरी अक्सनमार्फत प्रसिद्ध जैसी, दयानन्द मण्डल, सोनु देवकोटा, कृष्ण पौडेल, साहिल पटेल, देव शाह र सुयान्शु कोइरालालाई टोलीमा भित्राएको छ ।

एनपीएलको तेस्रो संस्करण आगामी कात्तिक ९ देखि मंसिर ५ गते (अक्टोबर २६ देखि नोभेम्बर २१) सम्म सञ्चालन हुनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।