Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसद्अन्तर्गत प्रतिनिधि सभाका दुई विषयगत समितिको बैठक आज आयोजना गरिएको छ ।

पछिल्ला विपद्का घटनाले पुर्‍याएको क्षति र उपभोक्ताको दैनिक उपभोग्य वस्तुको व्यवस्थापन जस्ता महत्त्वपूर्ण विषयमा छलफल गर्न अर्थ समिति तथा उद्योग, वाणिज्य र श्रम समितिको बैठक डाकिएको हो ।

संसद् सचिवालयका अनुसार बिहान साढे ९ बजे बस्ने अर्थ समितिमा रसुवामा आएको बाढीपछिको उद्धार, राहत तथा पुनर्निमाणबारे राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अधिकारीहरूसँग कुराकानी हुँदैछ । साथै, प्राकृतिक विपत्तिले देशको समग्र आर्थिक क्षेत्रमा पारेको असरबारे अर्थ मन्त्रालय र क्षति मूल्याङ्कन सम्बन्धमा राष्ट्रिय योजना आयोगसँग छुट्टाछुट्टै छलफल गर्ने तालिका तय गरिएको छ ।

उता बिहान १० बजे बोलाइएको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिको बैठकमा बजारमा अत्यावश्यक वस्तुको आपूर्ति सहज बनाउने विषय प्राथमिकतामा छ । सो बैठकमा उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री र मन्त्रालयका सचिवलाई बोलाएर दैनिक उपभोग्य सामाग्रीको वर्तमान स्थिति र वितरण प्रणालीबारे परामर्श गरिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।