Khaptad Organic Nepal

काठमाडौँ । यस वर्षको प्रतिष्ठित बालोन डी’ओर पुरस्कारका लागि प्रतिस्पर्धा गर्ने ३० जना उत्कृष्ट पुरुष खेलाडीहरूको नामावली फ्रान्स फुटबलले सार्वजनिक गरेको छ । सार्वजनिक गरिएको सूचीमा बायर्न म्युनिख तथा इंग्ल्यान्डका स्टार स्ट्राइकर ह्यारी केनलाई प्रमुख दाबेदारका रूपमा हेरिएको छ ।

गत सिजन क्लब र राष्ट्रिय टोलीका लागि उत्कृष्ट लय समात्दै केनले कुल ७३ गोल गरेका थिए । यदि उनले यो अवार्ड जितेमा सन् २००१ मा माइकल ओवेनपछि बालोन डी’ओर हात पार्ने पहिलो इंग्लिस खेलाडी बन्नेछन् । केनसँगै इंग्ल्यान्डका जुड बेलिङ्घम र डेक्लान राइस पनि मनोनयनमा अटाएका छन् ।

म्यानचेस्टर युनाइटेडका कप्तान ब्रुनो फर्नान्डेस, आर्सनलका गाब्रिएल तथा म्यानचेस्टर सिटीका एर्लिङ हालान्ड पनि प्रतिस्पर्धामा छन् । यस्तै युवा स्टार लामिन यामाल, भेट्रान स्टार लियोनल मेसी र किलियन एम्बाप्पे पनि बालोन डी’ओरका बलिया दाबेदार हुन् ।

२२ वर्षको पर्खाइपछि प्रिमियर लिगको उपाधि चुम्न सफल आर्सनल ‘वर्षको उत्कृष्ट टोली’को विधामा मनोनयनमा परेको छ । आर्सनलका मिकेल आर्टेटा र एस्टन भिल्लाका उनाइ एमरी ‘उत्कृष्ट प्रशिक्षक’ तथा आर्सनलकै डेभिड राया ‘उत्कृष्ट गोलरक्षक’को होडमा छन् ।

बालोन डी’ओरका लागि मनोनीत ३० खेलाडी :

जुड बेलिङ्घम, पाउ कुबार्सी, मार्क कुकुरेला, उस्मान डेम्बेले, लुइस डियाज, ब्रुनो फर्नान्डेस, गाब्रिएल, एर्लिङ हालान्ड, अचरफ हाकिमी, ह्यारी केन, ख्भिचा क्वारात्स्खेलिया, लामिन यामाल, साडियो माने, मार्किन्होस, लाउटारो मार्टिनेज, किलियन एम्बाप्पे, नुनो मेन्डेस, लियोनल मेसी, जोआओ नेभेस, माइकल ओलिसे, विलियन पाचो, जुलियन क्विनोनेस, डेक्लान राइस, रोड्री, फाबियान रुइज, विलियम सालिबा, फेरान टोरेस, दायोट उपामेकानो, भिनिसियस जुनियर र भिटिन्हा ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।