Khaptad Organic Nepal

काठमाडौँ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कभर्डहलमा सम्पन्न फाइनल भिडन्तमा कर्णाली शिवराजलाई स्तब्ध पार्दै अन्नपूर्ण स्पाइकर्स किंगले नेपाल भलिबल लिग (एनभीएल) को उद्घाटन संस्करणको ट्रफी उचालेको छ ।

उपाधि होडमा अन्नपूर्णले कर्णालीमाथि पूर्ण दबदबा कायम राख्दै लगातार तीन सेटको सोझो जित निकालेको हो । प्रतिस्पर्धाको पहिलो सेट २५-१५ ले आफ्नो पक्षमा पारेको अन्नपूर्णले दोस्रो सेट २५-२० र तेस्रो सेट २५-१८ ले जित्दै उपाधि पक्का गर्‍यो ।

केडिया समूहको आयोजनामा सञ्चालन भएको यस प्रतियोगितामा कुल ६ वटा टोलीले प्रतिस्पर्धा गरेका थिए । नेपाली पुरुष भलिबलको इतिहासमै पहिलोपटक आयोजना गरिएको यो फ्रेन्चाइज लिगको विजेता बनेसँगै अन्नपूर्णले २० लाख रुपैयाँ नगद पुरस्कार हात पारेको छ ।

यो रकम घरेलु भलिबल प्रतियोगितामा प्रदान गरिएको अहिलेसम्मकै सबैभन्दा ठूलो पुरस्कार राशि हो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।