काठमाडौँ । ललितपुरको भनीमण्डलमा नेकपा एमालेको केन्द्रीय कमिटी बैठक प्रारम्भ भएको छ ।
आज बिहान बसेको सचिवालय बैठकले तय गरेका कार्यसूचीलाई स्वीकृत गरेसँगै केन्द्रीय कमिटीको बैठक सुरु भएको हो ।
बैठकलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गरिरहेका छन् । गत फागुनमा सम्पन्न निर्वाचन पश्चात पहिलो पटक आयोजित यस बैठकमा सहभागी प्रत्येक केन्द्रीय सदस्यलाई आफ्ना धारणा राख्न ३-३ मिनेटको समय निर्धारण गरिएको जानकारी अध्यक्ष ओलीले गराएका छन् ।
बैठकमा अध्यक्ष ओलीले समसामयिक राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यक्रम रहेको छ ।

