काठमाडौँ । एसीसी प्रिमियर कप क्रिकेट प्रतियोगिताको उपाधि जिताउन उत्कृष्ट प्रदर्शन गरेका नेपाली राष्ट्रिय टोलीका कप्तान सन्दीप लामिछाने ‘प्लेयर अफ द सिरिज’ घोषित भएका छन् ।
प्रतियोगिताभरि कुल ६ खेल खेलेका सन्दीपले सर्वाधिक १७ विकेट लिँदै नेपाललाई च्याम्पियन बनाउन महत्त्वपूर्ण योगदान दिएका हुन् । प्रतियोगिताको क्रममा उनले बहराइनविरुद्ध ५, हङकङ चाइनाविरुद्ध ४, साउदी अरेबिया र ओमानविरुद्ध समान ३–३, तथा मलेसिया र फाइनलमा युएईविरुद्ध १–१ विकेट हात पारेका थिए ।
यसैगरी, फाइनल खेलमा उत्कृष्ट शतकीय पारी खेल्दै नेपाललाई जिताउन बलियो आधार खडा गरेका ओपनर आसिफ शेख ‘प्लेयर अफ द म्याच’ चुनिएका छन् ।

