Khaptad Organic Nepal

काठमाडौँ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासमा घरजग्गा कारोबारमा ठूलो सुधार आएको छ ।

अघिल्लो वर्षको सोही अवधिको तुलनामा कुल कारोबार संख्या १२.२५ प्रतिशत र राजीनामा कारोबार २२.८८ प्रतिशतले बढेको हो । समीक्षा अवधिमा घरजग्गा किनबेच भएको क्षेत्रफल १५.४१ प्रतिशतले वृद्धि भएको छ, जबकि अघिल्लो वर्ष यस्तो क्षेत्रफल २.९८ प्रतिशतले घटेको थियो ।

चौथो त्रैमासमा मात्रै कुल २ खर्ब ७५ अर्ब ७३ करोड रुपैयाँको घरजग्गा कारोबार भएको छ, जसका कारण समग्र आर्थिक वर्षको कारोबार रकम ७ खर्ब २० अर्ब ८६ करोड रुपैयाँ पुगेको छ । बजारमा कारोबार बढेसँगै सरकारी राजस्व ४८.२६ प्रतिशत र पुँजीगत लाभकर ६३.२२ प्रतिशतले वृद्धि भएको छ भने बैंक तथा वित्तीय संस्थाबाट घरजग्गामा जाने कर्जा पनि ६.९३ प्रतिशतले बढेको छ ।

भौगोलिक आधारमा विश्लेषण गर्दा बागमती प्रदेशमा घरजग्गा बजार सबैभन्दा धेरै चलायमान देखिएको छ । बागमतीमा राजीनामा कारोबार ६९.३८ प्रतिशत, क्षेत्रफल ५०.२४ प्रतिशत र कारोबार रकम १७५.३३ प्रतिशतले बढेको छ ।

उता मधेश प्रदेशमा भने कारोबार संख्या ३.४४ प्रतिशत र क्षेत्रफल ६.१९ प्रतिशतले घटेको छ । महानगरपालिकाहरूमध्ये काठमाडौँमा १५५.७४ प्रतिशत, ललितपुरमा १३६.९२ प्रतिशत र पोखरामा १०८.७१ प्रतिशतले कारोबार संख्या बढेको छ भने उपमहानगरतर्फ हेटौँडामा कारोबार रकम १८६.८० प्रतिशतले वृद्धि भएको छ ।

समग्रमा पछिल्लो समय घरजग्गाको किनबेच, वित्तीय प्रवाह र सरकारी राजस्व तीनै सूचकमा उत्साहजनक सुधार आएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।