Khaptad Organic Nepal

काठमाडौँ । भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भिषण बाढीबाट भएको भौतिक क्षतिपछिको पुनर्निर्माण तथा पुनरुत्थान सम्पन्न गर्न सात खर्बभन्दा बढी बजेट लाग्ने प्रारम्भिक अनुमान गरिएको छ ।

राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको संयुक्त प्राविधिक टोलीले तयार पारेको प्रतिवेदन अनुसार सो कार्यका लागि कुल ७ खर्ब २३ अर्ब ३१ करोड ५२ लाख रुपैयाँ आवश्यक पर्नेछ । बाढीबाट ऊर्जा, सडक, निजी आवास र कृषि क्षेत्रमा व्यापक असर परेको छ ।

कुल बजेटमध्ये पूर्वाधार क्षेत्रको पुनरुत्थानका लागि मात्रै ४ खर्ब ७३ अर्ब ५७ करोड १९ लाख रुपैयाँ लाग्नेछ । जसमा ७५९ मेगावाटका १३ जलविद्युत् आयोजना र २४ मेगावाटका ५ सौर्य ऊर्जा आयोजना प्रभावित भएकाले ऊर्जा तथा विद्युत् प्रसारणतर्फ ३ खर्ब ९० अर्ब ६२ करोड ३० लाख ४० हजार रुपैयाँ विनियोजन गर्नुपर्ने देखिएको छ । यातायात पूर्वाधारतर्फ ६९ किलोमिटर सडक, ३३ मोटरेबल पुल र ५३ झोलुङ्गे पुलमा क्षति पुगेकाले ७३ अर्ब ३४ करोड २९ लाख ६० हजार रुपैयाँ आवश्यक हुनेछ ।

यसैगरी, रसुवा, नुवाकोट, धादिङ, गोरखा र चितवनमा गरी ७ हजार ५७० निजी घर, ४८ सार्वजनिक भवन, १८ विद्यालय र ७ स्वास्थ्य संस्था प्रभावित भएका छन् । यी सामाजिक क्षेत्रको पुनरुत्थानमा १ खर्ब ३ अर्ब ५४ करोड ९९ लाख रुपैयाँ खर्च हुनेछ । १ हजार ८०६ हेक्टर कृषि बाली र हजारौँ व्यापारिक प्रतिष्ठान प्रभावित बनेको उत्पादनशील क्षेत्रका लागि ५० अर्ब ७७ करोड ४९ लाख रुपैयाँ लाग्ने आकलन छ ।

नदी व्यवस्थापनमा ९४ अर्ब ७५ करोड ३१ लाख रुपैयाँ आवश्यक पर्नेछ । प्रतिवेदन अनुसार ६ महिनाभित्र गरिने तत्कालीन राहत र अल्पकालीन पुनर्निर्माणमा ८ अर्ब ७३ करोड ५० लाख तथा दीर्घकालीन कामका लागि ७ खर्ब १४ अर्ब ५८ करोड २ लाख रुपैयाँ बजेट चाहिनेछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।