काठमाडौँ । जापानमा भइरहेको एसियाली खेलकुदअन्तर्गत पुरुष क्रिकेटको क्वार्टरफाइनलमा नेपाल र श्रीलंकाबीचको प्रतिस्पर्धा वर्षाका कारण रद्द भएको छ ।
जापानको निसिन सहरस्थित कोरोगी खेलकुद पार्कमा तय भएको यो खेल भारी वर्षाका कारण एक बल पनि नफेकी स्थगित गर्नुपरेको हो ।
खेल रद्द भएसँगै नेपाल प्रतियोगिताको होडबाट बाहिरिएको छ भने अन्तर्राष्ट्रिय वरीयतामा नेपालभन्दा अगाडि रहेकै आधारमा श्रीलंका सेमिफाइनलमा प्रवेश गरेको छ ।
अब फाइनल यात्राका लागि श्रीलंकाले भारतको सामना गर्नेछ । यसअघि सोमबारका दुवै क्वार्टरफाइनल खेलहरू पनि वर्षाकै कारण रद्द भएपछि वरीयताका आधारमा भारत र पाकिस्तान सेमिफाइनल पुगेका थिए भने अफगानिस्तान र हङकङ प्रतियोगिताबाट बाहिरिएका थिए ।

