Khaptad Organic Nepal

काठमाडौँ । कर्णाली प्रदेशको सुर्खेतमा आगामी मंसिर १६ देखि २९ गतेसम्म आयोजना हुने १० औं राष्ट्रिय खेलकुद प्रतियोगितामा ३२ वटा खेल समावेश गरिने भएको छ ।

वीरेन्द्रनगरस्थित कभर्डहलमा आइतबार सम्पन्न बैठकले प्रतियोगिताको तयारी र खेल तालिकाबारे महत्त्वपूर्ण निर्णय गरेको हो । उक्त निर्णय अनुसार यस पटक विभागीय, प्रदेश र गैरआवासीय नेपाली संघ (एनआरएनए) गरी ११ वटा टोली मैदानमा उत्रिनेछन् ।

नेपाल सरकारले गत भदौ २२ गते गरेको निर्णय बमोजिम यो प्रतियोगिता सञ्चालन हुन लागेको हो । राष्ट्रिय खेलकुदका लागि विनियोजित बजेटबाटै सम्पूर्ण खर्च व्यवस्थापन गरिनेछ भने यो बृहत् खेलकुद महोत्सव सकिएलगत्तै पहिलो पटक पारा राष्ट्रिय खेलकुद प्रतियोगिता पनि सोही स्थानमा आयोजना गरिने तय भएको छ ।

प्रतियोगितामा एथ्लेटिक्स, फुटबल, क्रिकेट, भलिबल, ब्याडमिन्टन, बक्सिङ, कराते, तेक्वान्दो, भारोत्तोलन, पौडी, कबड्डी, ह्यान्डबल, टेबल टेनिस, बुद्धिचाल, जुडो, खो-खो, रग्बी, टेनिस, आर्चरी, उसु, जिम्न्यास्टिक, शारीरिक सुगठन, आइटीएफ तेक्वान्दो, फुल कन्ट्याक्ट कराते, बास्केटबल, हक्की, इ-स्पोर्ट्स, स्क्वास, सुटिङ, साइक्लिङ र सेपाकताक्रो जस्ता प्रतिस्पर्धा हुनेछन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।