Khaptad Organic Nepal

काठमाडौँ । त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा बिहीबार भएको खेलमा जनकपुर बोल्ट्सले काठमाडौं गोखार्जलाई आठ विकेटले पराजित गर्दै नेपाल प्रिमियर लिग (एनपीएल) मा पहिलो जित दर्ता गरेको छ ।

कर्णाली याक्ससँगको पहिलो खेलमा पराजय व्यहोरेको जनकपुरले उत्कृष्ट पुनरागमन गर्दा काठमाडौं भने प्रतियोगिताको पहिलो खेलमै स्तब्ध भएको छ ।

काठमाडौंले प्रस्तुत गरेको ११६ रनको लक्ष्य जनकपुरले १७.२ ओभरमा मात्र दुई विकेट गुमाएर पूरा गर्‍यो । टोलीको जितमा मोइन अलीले ५१ बलमा ५८ रन तथा सैफ हसनले ३९ बलमा ४० रनको अविजित योगदान दिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको काठमाडौं १९.३ ओभरमा ११५ रनमै समेटिएको थियो । जनकपुरका राहुल यादवले घातक बलिङ गर्दै चार विकेट लिए भने सैफ हसनले दुई विकेट हात पारे ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।