काठमाडौँ । पाल्पाको रैनादेवी छहरा गाउँपालिकाको वडा नम्बर ३ बल्घा क्षेत्रमा सोमबार भएको अटो दुर्घटनाबाट छ जना नागरिक घाइते हुन पुगेका छन् ।
बल्घाबाट कटौजेतर्फ जाँदै गरेको लु प्र ०१००१ ह २४४४ नम्बरको उक्त अटो सडकबाट डेढ सय मिटर तल खसेको हो । जिल्ला प्रहरी कार्यालयका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक भीमलाल भट्टराईका अनुसार दुर्घटनामा परी घाइते भएकामध्ये सोही गाउँपालिकाकी ३८ वर्षीया यमकला खाम्चाको शारीरिक अवस्था चिन्ताजनक रहेको छ ।
घटनास्थलमा रहेका सवारी चालकसहित कूल आठ जना यात्रुमध्ये बाँकी एक नाबालक सहित पाँच जनाको स्वास्थ्य स्थिति भने सामान्य रहेको बताइएको छ । दुर्घटनाको खबर प्राप्त हुनासाथ उद्धार टोलीले तत्काल सबै पीडितहरूलाई घटनास्थलबाट बाहिर निकालि उपचारका लागि तानसेनस्थित युनाइटेड मिसन अस्पतालमा पुर्याएको थियो ।
अहिले घाइतेहरूको सोही अस्पतालमा चिकित्सकको निगरानीमा उपचार भइरहेको छ भने यस दर्दनाक दुर्घटना के कति कारणले भयो भन्ने बारेमा विस्तृत छानबिन भइरहेको प्रहरीले जानकारी दिएको छ ।

