रसुवा । रसुवा र नुवाकोटको सीमावर्ती क्षेत्र वेत्रावतीमा नयाँ बेलिब्रिज निर्माणको कामलाई तीव्र गतिमा अघि बढाइएको छ ।
आगामी पाँच दिनभित्र बेलिब्रिज जडान सम्पन्न गरी सवारी साधन सञ्चालनमा ल्याउने तयारी भइरहेको बागमती प्रदेशका भौतिक पूर्वाधार विकास मन्त्री सुनिल लम्सालले बताएका छन् ।
अविरल वर्षा र बाढीका कारण क्षति पुगेको सडक संजाललाई आसन्न दसैँअगावै सुचारु गराउने लक्ष्यका साथ निर्माण कार्य तीव्र पारिएको हो ।
यसअघि नै गल्छीदेखि वेत्रावतीसम्मको अस्थायी मार्ग सञ्चालनमा आइसकेको छ । यो पुल बनिसकेपछि गल्छी-वेत्रावती खण्ड हुँदै रसुवाको सदरमुकाम धुन्चे तथा पर्यटकीय क्षेत्र स्याफ्रुबेँसीसम्मको यातायात सेवा पुन: जोडिने मन्त्री लम्सालले जानकारी दिएका छन् ।

