काठमाडौं । कैलालीको बर्दगोरिया गाउँपालिकास्थित जगन्नाथ आधारभूत विद्यालयका एक शिक्षकविरुद्ध नक्कली शैक्षिक प्रमाणपत्र पेस गरेको अभियोगमा विशेष अदालतमा मुद्दा दायर गरिएको छ ।
बालविकास सहयोगी कार्यकर्ताका रूपमा कार्यरत हरिराम डंगौरा थारुले पद र सुविधा हत्याउन चौमालास्थित मालिका माध्यमिक विद्यालयको फर्जी प्रवेशिका परीक्षा उत्तीर्ण प्रमाणपत्र पेस गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।
अनुसन्धानबाट सो प्रमाणपत्र नक्कली रहेको पुष्टि भएपछि आयोगले उनलाई भ्रष्टाचार निवारण ऐनअनुसार कैद तथा जरिवानाको माग गर्दै मुद्दा दायर गरेको हो ।

