Khaptad Organic Nepal

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले भदौ २३ र २४ गतेको ‘जेन-जी’ आन्दोलनका क्रममा भएका घटनाको छानबिन गर्न गठित आयोग र राष्ट्रिय मानवअधिकार आयोगका प्रतिवेदनहरू पूर्वाग्रही रहेको आरोप लगाउनुभएको छ ।

अखिल नेपाल किसान संघको कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले आयोगहरूको मुख्य उद्देश्य सत्यतथ्य छानबिन गर्नुभन्दा पनि आफूलाई आरोपित गर्नु रहेको दाबी गर्नुभयो ।

आयोगकै निष्कर्षमा तत्कालीन प्रधानमन्त्री र गृहमन्त्रीले गोली चलाउने आदेश नदिएको उल्लेख हुँदाहुँदै पनि गोली नचलाउन निर्देशन दिने व्यक्तिलाई नै मानवअधिकार उल्लंघनको आरोप लगाइएको उहाँको गुनासो छ । वास्तविक छानबिन नगरी आफूहरूलाई दोष थोपरिएको उल्लेख गर्दै ओलीले बलियो उपद्रोकारी तरबार लिएर बजारमा निस्किए उसले जे भन्छ त्यही संविधान हुने अवस्था सिर्जना गरिएको टिप्पणी गर्नुभयो । आफूहरू संवैधानिक वा लोकतान्त्रिक विधिबाट नभई बाह्य घुसपैठ, हिंसा, आगजनी र लुटपाटमार्फत राज्यका संयन्त्रहरूलाई निष्प्रभावी बनाएर बलजफ्ती सरकारबाट हटाइएको उहाँको भनाइ छ ।

यसैगरी, सामाजिक सञ्जाल नियमन गर्ने आफ्नो सरकारको निर्णयको बचाउ गर्दै उहाँले नेपालको कानुन, संविधान र सरकार नमान्ने घमण्ड देखाउने विदेशी कम्पनीहरूलाई नियमन गर्न खोज्दा उल्टै तत्कालीन सञ्चारमन्त्रीमाथि कारबाहीको सिफारिस गरिनु विडम्बनापूर्ण रहेको बताउनुभयो । मानहानी र बेथितिका कारण इटालीले मेटालाई अर्बौँ जरिवाना तिराएको उदाहरण दिँदै उहाँले नेपालमा कानुनी दायरामा ल्याउन खोज्दा दोषी देखाइएको तर्क गर्नुभयो । यसअघि पनि सम्पत्ति छानबिन आयोगलाई पूर्वाग्रहको पोको भन्दै बहिष्कार गर्नुभएका ओलीले राष्ट्रिय मानवअधिकार आयोगसँग समेत बैठकको निर्णय नं. १७७, सदस्य लिली थापा नेतृत्वको समितिको प्रतिवेदन र संकलित बयानहरूको प्रमाणित प्रतिलिपि माग गर्नुभएको थियो ।

सर्वोच्च अदालतले विघटित प्रतिनिधिसभासम्बन्धी मुद्दाको फैसलामा ढिलाइ गरेकोमा असन्तुष्टि जनाउँदै ओलीले आतंकपूर्ण क्रियाकलाप सधैँ नरहने बताउनुभयो । प्रतिकूलताका बाबजुद नेकपा एमाले पुनः उठ्ने र देशको निर्णायक शक्तिका रूपमा स्थापित हुने दाबी गर्दै उहाँले कार्यकर्तालाई उच्च मनोबलका साथ अघि बढ्न आग्रह गर्नुभयो ।

भदौको आन्दोलनमा भएको मानवीय र भौतिक क्षतिको छानबिन गर्न पूर्वन्यायाधीश गौरीबहादुर कार्कीको नेतृत्वमा गठित जाँचबुझ आयोग तथा राष्ट्रिय मानवअधिकार आयोगले तत्कालीन प्रधानमन्त्री ओली, गृहमन्त्री रमेश लेखक र सुरक्षा निकायका प्रमुखहरूसहितलाई कारबाहीको सिफारिस गरेका थिए ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।