काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा प्रस्तावित जनक पाण्डे र गोकर्ण डाँगीको संसदीय सुनुवाइ आज हुँदैछ ।
सिंहदरबारस्थित सङ्घीय संसद् सचिवालयको सार्वजनिक लेखा समितिको सभाकक्षमा बिहान ९:३० बजे बस्ने संसदीय सुनुवाइ समितिको बैठकले उनीहरूको योग्यता र कार्यक्षमतामाथि छलफल गरी अनुमोदन गर्ने वा नगर्ने भन्नेबारे निर्णय गर्नेछ ।

