काठमाडौँ । पोखरा एभेन्जर्सले नेपाल प्रिमियर लिग (एनपीएल) मा काठमाडौँ गोर्खाजमाथि ५५ रनको फराकिलो जित हात पारेको छ ।
पोखराले प्रस्तुत गरेको २२५ रनको विशाल लक्ष्य पछ्याउने क्रममा काठमाडौँ १९ दशमलव ५ ओभरमा १६९ रनमै समेटियो । यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको पोखराले निर्धारित २० ओभरमा ३ विकेट गुमाउँदै २२४ रनको यो योगफल तयार पारेको थियो ।
यस खेलको नतिसँगै जारी प्रतियोगिताको प्लेअफ समीकरण पूर्ण रूपमा टुंगिएको छ । लिग चरणको खेल समाप्त भएपछि लुम्बिनी लायन्स र सुदूरपश्चिम रोयल्सबीच पहिलो क्वालिफायर्स खेल हुने भएको छ भने काठमाडौँ गोर्खाज र चितवन राइनोज इलिमिनेटर खेलमा भिड्ने पक्का भएको छ ।
खेल तालिका अनुसार पहिलो क्वालिफायर्स मंगलबार र इलिमिनेटर खेल बुधबार तय गरिएको छ ।

