Khaptad Organic Nepal

जनकपुरधाम । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पदबाट राजीनामा दिनुभएको छ ।

विश्वासको मत लिने प्रयोजनका लागि बोलाइएको प्रदेश सभाको बैठकलाई सम्बोधन गर्दै उहाँले पदत्यागको घोषणा गर्नुभएको हो । सदनबाट विश्वासको मत प्राप्त गर्ने कुनै सम्भावना नरहेको स्पष्ट भएपछि आफूले राजीनामा दिने निर्णय गरेको उहाँले बैठकमा जानकारी गराउनुभयो ।

नेपाली कांग्रेसका नेता यादव नेतृत्वको सरकार सत्ता साझेदार दलहरू नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टीले समर्थन फिर्ता लिएसँगै अल्पमतमा परेको थियो । यसअघि गत असोज २५ गते एमालेका चार मन्त्रीले सामूहिक राजीनामा दिँदै सरकारलाई दिएको समर्थन फिर्ता लिएका थिए भने, कात्तिक २० गते नेपाली कम्युनिस्ट पार्टीका चार मन्त्रीले पनि राजीनामा बुझाउँदै समर्थन झिकելका थिए ।

कुल १०७ सदस्यीय मधेश प्रदेशसभामा सरकार गठन वा विश्वासको मतका लागि कम्तीमा ५४ सांसदको समर्थन अनिवार्य हुन्छ । प्रदेशसभामा जनता समाजवादी पार्टी नेपालका २७, नेकपा एमालेका २३, नेपाली कांग्रेसका २२, नेपाली कम्युनिस्ट पार्टीका १५ र जनमत पार्टीका १२ सांसद रहेका छन् । यसबाहेक संघीय समाजवादी पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टीका एक–एक सांसदको प्रतिनिधित्व छ ।

मुख्यमन्त्री यादवको यो राजीनामासँगै मधेश प्रदेशमा नयाँ सरकार गठनको संवैधानिक बाटो खुलेको छ । अब नयाँ राजनीतिक समीकरणअन्तर्गत एमाले, नेकपा र जसपा नेपाल मिलेर संयुक्त रूपमा नयाँ सरकार बनाउने सहमति गरेका छन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।