Khaptad Organic Nepal

काठमाडौँ । तेस्रो सिजनको नेपाल प्रिमियर लिग (एनपीएल) मा लुम्बिनी लायन्ससँग ४ विकेटको रोमाञ्चक हार बेहोरेसँगै विराटनगर किंग्स प्रतियोगिताको प्लेअफ समीकरणबाट बाहिरिएको छ ।

निर्णायक भिडन्तमा लुम्बिनीले बाजी मारेपछि जारी लिगको अन्तिम चारमा पुग्ने सबै टोलीको टुङ्गो लागेको हो ।

यो नतिजासँगै लुम्बिनी लायन्स, सुदूरपश्चिम रोयल्स, काठमान्डु गोर्खाज र चितवन राइनोजले उपाधि यात्रा जीवित राखेका छन् । अर्कोतर्फ, विराटनगरसँगै पोखरा एभेन्जर्स, कर्णाली याक्स र जनकपुर बोल्ट्सको यात्रा भने लिग चरणमै सीमित भएको छ ।

कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा विराटनगरले प्रस्तुत गरेको १६७ रनको चुनौतीपूर्ण लक्ष्य लुम्बिनीले १९.५ ओभरमा मात्र ४ विकेट गुमाएर भेट्टायो । लुम्बिनीलाई जित दिलाउन प्रारम्भिक ब्याटरद्वय डार्सी शर्ट र आसिफ शेखले समान ४५–४५ रनको महत्वपूर्ण इनिङ्स खेले । यस्तै, अलि शेखले २७ रन जोड्दा मध्यक्रममा सन्दीप जोराले आक्रामक ब्याटिङ गर्दै अविजित २५ रन बनाए । जोराले मात्र ११ बलको सामना गर्दै १ चौका र ३ छक्का प्रहार गरेर खेल लुम्बिनीको पक्षमा मोडेका थिए । अन्तिम क्षणमा रुवेन ट्रम्पलम्यानले विजयी छक्का प्रहार गर्दै टोलीलाई प्लेअफमा पुर्‍याए ।

विराटनगरका बलर अपराजित पौडेलले २ विकेट हात पारे भने चरिथ असलंका र रुपेश सिंहको नाममा १–१ विकेट रह्यो ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको विराटनगरले निर्धारित २० ओभरमा ४ विकेटको क्षतिमा १६६ रनको योगफल तयार पारेको थियो । विराटनगरका लागि चरिथ असलंकाले सानदार अर्धशतक प्रहार गरे । उनले ४३ बलमा १ चौका र ६ छक्काको मद्दतले ६४ रन बनाए । शुभम रन्जाने ३१ रनमा अविजित रहे भने लोकेश बमले १५ रन जोडे । २४ रन बनाएका इमरान शेख भने रिटायर्ड हर्ट हुँदै मैदानबाट बाहिरिन बाध्य भए ।

बलिङतर्फ लुम्बिनीका किशोर महतोले २ तथा अभिशेष गौतम र रुवेन ट्रम्पलम्यानले १–१ विकेट लिए । गर या मरको अवस्थामा रहेको खेल गुमाएपछि विराटनगर घर फर्किन बाध्य भयो भने महत्वपूर्ण दुई अङ्क जोड्दै लुम्बिनीले शीर्ष चारमा आफ्नो स्थान पक्का गर्‍यो ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।