Khaptad Organic Nepal

काठमाडौँ । दुईदिने राजकीय भारत भ्रमणमा प्रधानमन्त्री बालेन्द्र शाह प्रस्थान गरेसँगै मन्त्रिपरिषद्को कार्यवाहक नेतृत्वको जिम्मेवारी ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले प्राप्त गरेका छन् ।

राष्ट्रपति कार्यालयले जारी गरेको सूचना अनुसार प्रधानमन्त्री शाहको अनुपस्थितिमा दैनिक प्रशासनिक कार्य सञ्चालन गर्न मन्त्री श्रेष्ठलाई कार्यवाहक प्रधानमन्त्री तोकिएको हो ।

आइतबार दिउँसो भारततर्फ प्रस्थान गरेका प्रधानमन्त्री शाहको भ्रमण टोलीमा मन्त्रिपरिषद्को दोस्रो वरीयतामा रहेका अर्थमन्त्री स्वर्णिम वाग्ले र तेस्रो वरीयताका परराष्ट्रमन्त्री शिशिर खनालसमेत सहभागी छन् । शीर्ष तीन वरीयताका नेताहरू एकैपटक देशबाहिर रहेकाले चौथो वरीयतामा रहेका मन्त्री श्रेष्ठलाई कार्यवाहकको जिम्मेवारी दिइएको जनाइएको छ ।

यसैबिच, विदेश भ्रमणमा निस्कनुअघि राष्ट्रपतिसँग प्रत्यक्ष भेटघाट गरी जानकारी गराउने र पूर्वप्रधानमन्त्रीहरूसँग परामर्श गर्ने विगतको परम्परा भने यसपटक पालना नभएको समाचार स्रोतहरूले उल्लेख गरेका छन् । राष्ट्रपतिसँग भेट नगरी तथा पूर्वप्रधानमन्त्रीहरूसँग छलफल नै नगरी प्रधानमन्त्री शाह भारत प्रस्थान गरेका हुन् ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।