Khaptad Organic Nepal

काठमाडौँ  । भारतको राजकीय भ्रमणमा रहनुभएका प्रधानमन्त्री बालेन्द्र शाह र भारतीय विदेशमन्त्री एस. जयशंकरबीच द्विपक्षीय भेटवार्ता सम्पन्न भएको छ ।

नयाँ दिल्लीस्थित होटल ताजमहलमा भएको उक्त शिष्टाचार भेटका क्रममा नेपाल–भारत सम्बन्धका बहुआयामिक पक्ष र आपसी सहकार्यका विषयमा विस्तृत छलफल भएको हो ।

भेटवार्तामा विशेषगरी दुई देशबीचको कनेक्टिभिटी, व्यापार, पारवहन तथा वाणिज्य, ऊर्जा सहकार्य, संस्कृति, शिक्षा र जनस्तरको सम्बन्धलाई अझ सुदृढ बनाउने विषयमा विचार आदानप्रदान भएको छ । दुवै नेताले विद्यमान साझेदारीलाई थप प्रभावकारी बनाउँदै लैजाने प्रतिबद्धतासमेत व्यक्त गरेका छन् ।

भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको औपचारिक निमन्त्रणामा प्रधानमन्त्री शाह दुई दिने राजकीय भ्रमणका लागि आइतबार नै नयाँ दिल्ली प्रस्थान गर्नुभएको हो । इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेलगत्तै उहाँलाई भारतका उद्योग राज्यमन्त्री जितिन प्रसाद, भारतका लागि नेपाली राजदूत डा. निश्चलनाथ पाण्डे, नेपालका लागि भारतीय राजदूत सुधाकर दलेला तथा भारतीय विदेश मन्त्रालयका अतिरिक्त सचिव (उत्तर) मुनु महावरलगायतका उच्च अधिकारीहरूले स्वागत गरेका थिए ।

भ्रमणको मुख्य आकर्षणका रूपमा रहेको प्रधानमन्त्री शाह र भारतीय समकक्षी नरेन्द्र मोदीबीचको उच्चस्तरीय द्विपक्षीय वार्ता भने भोलि सोमबार हुने कार्यतालिका तय भएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।