काठमाडौँ । भारतको दुई दिने औपचारिक भ्रमण पूरा गरी प्रधानमन्त्री बालेन्द्र शाह सोमबार साँझ स्वदेश फर्किएका छन् ।
भारतीय समकक्षी नरेन्द्र मोदीको मैत्रीपूर्ण निमन्त्रणामा आइतबार नयाँदिल्ली गएका प्रधानमन्त्री शाहले भ्रमणको दोस्रो दिन आज मोदीसँग द्विपक्षीय भेटवार्ता गरेका थिए ।
उच्चस्तरीय वार्तापछि दुई मुलुकबीच विभिन्न विकास परियोजना तथा आपसी सहयोगका विषयमा सम्झौता र शिलान्यास सम्पन्न भएको छ । आजै दुवै देशका प्रधानमन्त्रीले नयाँदिल्लीस्थित हैदरावाद भवनमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई समेत सम्बोधन गरेका थिए ।
भ्रमणका सम्पूर्ण कार्यतालिका सकाएर प्रधानमन्त्री शाह नेपाल एयरलाइन्सको नियमित उडानमार्फत काठमाडौँ ओर्लिएका हुन् ।

