Khaptad Organic Nepal

काठमाडौँ । एसिया कप राइजिङ स्टार्स क्रिकेट प्रतियोगिताको उपाधि भिडन्तमा श्रीलंका ए प्रवेश गरेको छ । सेमिफाइनल भिडन्तमा भारत ए माथि श्रीलंका ए ले ८ विकेटको सानदार जित निकालेको हो ।

प्रतिस्पर्धात्मक खेलमा भारत ए ले प्रस्तुत गरेको ३१८ रनको विशाल लक्ष्य श्रीलंका ए ले ४१.३ ओभरमै मात्र २ विकेट गुमाएर भेटाएको थियो । लक्ष्य पछ्याउने क्रममा श्रीलंका ए का ब्याटरहरूले उत्कृष्ट प्रदर्शन गरे ।

श्रीलंका ए को जितमा लसिथ क्रुसपुलेले ११६ रन र सिनेथ जयवर्धनेले १०५ रनको शतकीय पारी खेले । ओपनिङमै दुवै खेलाडीले पहिलो विकेटका लागि १७४ रनको बलियो साझेदारी गर्दै टोलीको जितको आधार तयार पारेका थिए । त्यसपछि निशान मधुस्काले अविजित ५८ रन र कप्तान पवन रत्नायकेले अविजित ३१ रन जोड्दै टोलीलाई सहज जित दिलाए ।

यसअघि टस जितेर पहिले ब्याटिङ रोजेको भारत ए ले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा ३१७ रन खडा गरेको थियो । भारत ए का लागि अभिषेक शर्माले ७८ रन, शहबाज अहमदले अविजित ५४ रन र कप्तान तिलक वर्माले ५३ रन बनाए । वैभव सूर्यवंशीले पनि ४० रनको योगदान दिए ।

श्रीलंका ए का बलरहरूमध्ये रविन्दु फर्नान्डो, जनिथ लियानागे र निपुन धनञ्जयले समान दुई-दुई विकेट हात पारे ।

भारत ए को पराजयमा बलिङ पक्ष कमजोर रहनु प्रमुख कारण बन्यो । हर्षित राणाले ७ ओभर बलिङ गर्दै ६१ रन खर्चिएर एक विकेट मात्र लिन सके । अब फाइनलमा श्रीलंका ए ले आइतबार पाकिस्तान ए र बंगलादेश ए बीचको दोस्रो सेमिफाइनलको विजेता टोलीसँग खेल्नेछ । दोस्रो सेमिफाइनल खेल आज हुँदैछ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।