काठमाडौँ । पूर्वी नेपालको ताप्लेजुङ जिल्लास्थित ओलाङचुङगोला आसपास केन्द्रविन्दु बनाएर ५.६ म्याग्नेच्युडको भूकम्प गएको छ ।
मंगलबार बिहान ७ बजेर १७ मिनेट जाँदा गएको उक्त भूकम्पको धक्का आसपासका क्षेत्रहरूमा समेत महसुस गरिएको हो ।
राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका सिनियर डिभिजनल सिस्मोलोजिष्ट डा. मुकुन्द भट्टराईले ओलाङचुङगोला केन्द्रविन्दु भई भूकम्प गएको आधिकारिक पुष्टि गर्नुभएको छ ।

