Khaptad Organic Nepal

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत सोमबार सम्पन्न खेलमा काठमाडौँ गोर्खाजले चितवन राइनोजलाई १० रनले पराजित गरेको छ ।

जितका लागि काठमाडौँले प्रस्तुत गरेको १८१ रनको लक्ष्य पछ्याएको चितवन राइनोज २० ओभरमा ७ विकेट गुमाउँदै १७० रनमा समेटियो। चितवनका लागि रवि बोपाराले ५५ रनको अर्धशतकीय पारी खेले भने डान मोउसलीले २९ र कामील मिशाराले २८ रन जोडे । बलिङतर्फ काठमाडौँका सहान अराचचिगेले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको काठमाडौँ गोर्खाजले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १८० रनको योगफल तयार पारेको थियो । काठमाडौँका लागि राशिद खानले ५२ रनको उत्कृष्ट अर्धशतकीय पारी खेलेका थिए भने सहान अराचचिगेले ३३ र विलियम बोसिस्टोले २७ रनको योगदान दिए । चितवनका बलर रिजन ढकालले ३ विकेट लिए भने कमल सिंह ऐरी र सिकन्दर राजाले समान २-२ विकेट हात पारे ।

यस जितसँगै काठमाडौँ गोर्खाज ५ खेलबाट ८ अंक जोड्दै तालिकाको शीर्ष स्थानमा उक्लिएको छ। पराजित चितवन राइनोजको भने ५ खेलमा ५ अंक छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।