काठमाडौँ । सुक्खा पहिरोका कारण पृथ्वी राजमार्ग अवरुद्ध भएको छ ।
चितवनको इच्छाकामना गाउँपालिका-४ स्थित घोप्टेभीरमा सुक्खा पहिरो खस्दा आइतबार बिहान १० बजेदेखि सडक पूर्ण रूपमा अवरुद्ध बनेको जिल्ला ट्राफिक प्रहरी कार्यालय चितवनका प्रमुख प्रहरी निरीक्षक अनिल थापाले जानकारी दिएका छन् ।
पहिरोका कारण राजमार्गका दुवैतर्फ सवारीसाधन रोकिएका छन् भने चाडपर्वको समयमा यात्रा गरिरहेका यात्रुहरूले ठूलो सास्ती ब्यहोर्नु परेको छ । अहिले पहिरो पन्छाउने कार्य जारी रहेको र थप पहिरो नखसेमा चाँडै नै यातायात सञ्चालनमा ल्याइने प्रहरीले जनाएको छ ।

