काठमाडौँ । पोर्चुगलका कप्तान क्रिस्टियानो रोनाल्डोले अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यासको घोषणा गरेका छन् ।
विश्व फुटबलका महान् खेलाडीका रूपमा स्थापित ४१ वर्षीय रोनाल्डोले सामाजिक सञ्जालमार्फत आफ्नो दुई दशकभन्दा लामो ऐतिहासिक राष्ट्रिय टिमको यात्रा औपचारिक रूपमा समाप्त भएको जानकारी गराएका छन् ।
सन् २००३ मा सिनियर टोलीबाट पदार्पण गरेका उनले २३ वर्षको अवधिमा पोर्चुगलका लागि कीर्तिमानी २३४ खेल खेल्दै १४६ गोल गर्न सफल भए ।
उनको नेतृत्वमा पोर्चुगलले सन् २०१६ को युरोकप तथा दुईपटक युईएफए नेसन्स लिग (सन् २०१९ र २०२५) को उपाधि उचालेको थियो । रोनाल्डोको यो घोषणासँगै अन्तर्राष्ट्रिय फुटबल मैदानमा एक स्वर्णिम युगको औपचारिक अन्त्य भएको छ ।

