Khaptad Organic Nepal

काठमाडौँ । नेपाल विद्युत प्राधिकरणले तिहार र छठ पर्वका बेला उपभोक्तालाई भरपर्दो, नियमित एवं गुणस्तरीय विद्युत आपूर्ति उपलब्ध गराउने गरी आवश्यक सम्पूर्ण प्रबन्ध मिलाएको छ ।

उज्यालोका यी पर्वहरूमा विद्युत सेवा अवरुद्ध हुन नदिन उत्पादन, प्रसारण तथा वितरण प्रणालीलाई पूर्ण रूपमा चुस्त राखिएको छ भने प्राविधिक कर्मचारीलाई चौबीसै घण्टा तयारी अवस्थामा खटाइएको छ । प्राधिकरणका कार्यकारी निर्देशक दीर्घायु कुमार श्रेष्ठको अध्यक्षतामा बसेको वरिष्ठ व्यवस्थापनको बैठकले पर्वका समयमा हुन सक्ने सम्भावित चुनौतीहरूको पूर्वतयारी तथा व्यवस्थापनबारे गहन समीक्षा गरेको छ । यसैगरी प्रणाली सञ्चालन विभाग, ग्रिड सञ्चालन विभाग र विभिन्न प्रादेशिक कार्यालय प्रमुखहरूसँग भर्चुअल समन्वय गरी आपूर्ति व्यवस्थापनलाई थप प्रभावकारी बनाइएको छ ।

कार्यकारी निर्देशक श्रेष्ठले चाडपर्वको अवधिभर विद्युत आपूर्तिमा कुनै पनि किसिमको अवरोध आउन नदिन र समस्या देखिए तत्काल मर्मतसम्भार गरी सेवा सुचारु गर्न मातहतका निकायलाई कूटनीतिक तथा प्रशासनिक निर्देशन दिएका छन् । साथै, ‘नो लाइट’ सेवामा आउने गुनासोहरूलाई तत्काल सम्बोधन गर्न र फोन नियमित रूपमा उठ्ने व्यवस्था मिलाउन पनि विशेष जोड दिइएको छ ।

लक्ष्मीपूजाको साँझ विद्युतको अधिकतम माग करिब १ हजार ७०० मेगावाट पुग्ने अनुमान गरिएको छ । आन्तरिक उत्पादन नै करिब २ हजार ५०० मेगावाटको हाराहारीमा रहने प्रक्षेपण गरिएकाले माग धान्न कुनै कठिनाई नहुने र आपूर्ति पूर्ण रूपमा सहज रहने प्राधिकरणले जनाएको छ । पर्व अवधिभर माग र आपूर्तिको अवस्था अनुगमन गर्न विभिन्न विभाग तथा केन्द्रहरूबीच निरन्तर समन्वय भइरहेको छ ।

यसका साथै, प्राधिकरणले उपभोक्ताहरूलाई विद्युतीय उपकरण तथा तारहरूको अवस्था राम्ररी जाँच गर्न, गुणस्तरहीन सामाग्रीको प्रयोगबाट बच्न र कुनै पनि समस्या देखिएमा आफैँ मर्मत नगरी दक्ष प्राविधिकको सहयोग लिन अनुरोध गरेको छ । विद्युतसम्बन्धी कुनै पनि गुनासो वा आपतकालीन समस्या परेमा नजिकको वितरण केन्द्र वा नो लाइट सेवामा सम्पर्क गर्न समेत अपिल गरिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।