Khaptad Organic Nepal

काठमाडौँ । प्रहरी नेतृत्व हेरफेर गर्ने सरकारको पछिल्लो कदमलाई चुनौती दिँदै दायर गर्न खोजिएको रिट निवेदन सर्वोच्च अदालत प्रशासनको अध्ययनमा परेको छ ।

पूर्वआईजीपी दानबहादुर कार्कीले आफूलाई हटाइएको निर्णय गैरकानुनी रहेको दाबी गर्दै दिएको निवेदन बिहीबार दर्ता नभई अध्ययनका लागि रोकिएको हो ।

मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले कार्कीलाई महानिरीक्षक पदबाट हटाएर प्रधानमन्त्रीको सुरक्षा सल्लाहकारको जिम्मेवारीमा पठाउने र डा. मनोजकुमार केसीलाई नयाँ आईजीपी नियुक्त गर्ने निर्णय गरेको थियो । सोही निर्णय बदरको माग गर्दै कार्की कानुनी उपचारका लागि सर्वोच्च अदालत पुगेका हुन् ।

कार्की पक्षका अधिवक्ता टिकाबहादुर कुँवरका अनुसार सर्वोच्च प्रशासनले निवेदनमा रहेका विषयवस्तु र कानुनी पक्ष बुझ्न समय लाग्ने जनाउँदै बिहीबार दर्ता प्रक्रिया अघि बढाएन । यदि यो रिट शुक्रबार दर्ता भयो भने पनि यसको प्रारम्भिक सुनुवाइ तिहार बितापछि मात्र हुने सम्भावना छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।