काठमाडौँ । पोखरा एभेन्जर्समाथि ६ विकेटको सानदार विजय हासिल गरेसँगै विराटनगर किंग्सका कप्तान सन्दीप लामिछानेले व्यक्तिगत उपलब्धिको ट्यागभन्दा सामूहिक सफलतालाई प्राथमिकता दिएका छन् ।
पोखराविरुद्धको खेलमा ह्याट्रिकसहित कुल ६ विकेट पकेटमा पार्दै तहल्का मच्चाएका लामिछानेले आफ्नो पहिलो प्राथमिकता टिमलाई जित दिलाउनु रहेको बताएका छन् ।
मैदानमा कीर्तिमान रच्ने क्रममा ह्याट्रिक पूरा भएको उनले सुरुमै पत्तो पाएनन् । सहकर्मी खेलाडीहरूले आएर खुसी साट्दै बधाई दिएपछि मात्रै उनले ह्याट्रिकको ऐतिहासिक सफलता बारे जानकारी पाएका थिए ।
क्रिकेटमा व्यक्तिगत रूपमा कति विकेट खल्तीमा हालियो भन्ने कुरा गौण हुने र मैदानको कुन दबाबपूर्ण परिस्थितिमा बलिङ गरियो भन्ने कुरा मुख्य अर्थ राख्ने उनको तर्क छ । अर्कोतर्फबाट साथी बलरहरूले निरन्तर कसिलो दबाब सिर्जना गरिदिएकै कारण आफूलाई धराशयी बनाउन थप सहज भएको उनले प्रस्ट्याएका छन् ।
पोखराविरुद्धको यसै घातक बलिङ प्रदर्शनको मद्दतले विराटनगरले सहजै लक्ष्य भेट्टाउन सफल भयो । उनको यो जादुई स्पेलले टोलीलाई महत्त्वपूर्ण दुई अंक दिलाउनुका साथै प्रतियोगितामा उत्कृष्ट लय समात्न गतिलो टेवा पुर्याएको छ ।

