Khaptad Organic Nepal

काठमाडौँ । १५औँ महाधिवेशनको चहलपहल र वर्षाका कारण उजाडिएको ऐतिहासिक खुलामञ्चमा पुनः हरियाली फर्काउन नेपाली कांग्रेसका नेता तथा कार्यकर्ताहरू आफैँ श्रमदानमा जुटेका छन् ।

महाधिवेशनका क्रममा सवारीसाधनको चाप, अस्थायी संरचना निर्माण र हजारौँ मानिसको आवतजावतले क्षति पुर्‍याएको चौरको मर्मतसम्भार तथा नयाँ दुबो रोप्ने काम पार्टीले सुरु गरेको हो ।

कार्यक्रम आयोजना गर्नुअघि नै सार्वजनिक स्थललाई प्रयोगपश्चात् पुरानै स्वरूपमा फर्काउने प्रतिबद्धता जनाएको कांग्रेसले सोही वाचा पूरा गर्न सक्रियता देखाएको छ । जसअनुसार आइतबार बिहान पार्टीका केन्द्रीय पदाधिकारी, केन्द्रीय सदस्य र स्थानीय नेता–कार्यकर्ताहरू खुलामञ्च पुगेर माटो सम्याउने र चितवनबाट ल्याइएको नयाँ दुबो रोप्ने कार्यमा सहभागी भए । पार्टीका अनुसार पछिल्लो एक महिनादेखि उक्त क्षेत्रमा नियमित सिँचाइ, मलखाद र हेरचाहको कामसमेत भइरहेको छ ।

नेपाली कांग्रेस काठमाडौँ महानगर समितिका सभापति सुसन वैद्यले महाधिवेशनका क्रममा भएको क्षतिलाई पार्टीले आफ्नो नैतिक दायित्वका रूपमा स्वीकार गरेको बताए । ‘महाधिवेशन स्थलका रूपमा खुलामञ्च प्रयोग गर्दा दुई दिनसम्म परेको भीषण वर्षा र हजारौँ सहभागीको आवतजावतले अनुमान गरेभन्दा केही बढी क्षति भयो,’ वैद्यले भने, ‘जुन अवस्थामा मैदान लिइएको थियो, त्यही अवस्थामा फर्काएर हस्तान्तरण गर्नु हाम्रो जिम्मेवारी हो ।’ उनले खुलामञ्च कुनै एक दल, महानगरपालिका वा सरकारको मात्र नभई तीन करोड नेपालीको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु राजनीतिक दलको कर्तव्य भएको उल्लेख गरे ।

त्यसैगरी, कांग्रेसकी सहमहामन्त्री प्रतिमा गौतमले काठमाडौँको मुटुमा रहेको ऐतिहासिक टुँडिखेलको प्राकृतिक सौन्दर्य र पहिचान जोगाउनु सबैको साझा दायित्व भएको धारणा राखिन् । सवारीसाधनको आवागमनले चौरमा क्षति पुगेको देखिएपछि कसैको दबाबबिना नै पार्टी आफैँ सुधारमा जुटेको उनको भनाइ छ ।

‘टुँडिखेलको आफ्नै ऐतिहासिक महत्त्व छ,’ गौतमले भनिन्, ‘यसको अस्तित्व र हरियाली जोगाउनु हाम्रो पनि कर्तव्य हो भन्ने सम्झेर हामी यहाँ आएका हौँ ।’

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।