Khaptad Organic Nepal

वासिङ्टन । अमेरिकाको राष्ट्रपतीय निवास ह्वाइट हाउस बाहिर शनिबार साँझ गोली चल्दा एक संदिग्ध बन्दुकधारी मारिएका छन् भने अर्का एक सर्वसाधारण घाइते भएका छन् ।

अमेरिकी गुप्तचर निकायका सुरक्षाकर्मीका अनुसार साँझ ६ बजेपछि १७ औं स्ट्रिट र पेन्सिलभेनिया एभिन्यु नजिकै एक व्यक्तिले अचानक आफ्नो झोलाबाट बन्दुक निकालेर गोली चलाउन सुरु गरेका थिए । ह्वाइट हाउसको सुरक्षामा खटिएका एजेन्टले तत्कालै जवाफी फायर गर्दा संदिग्ध बन्दुकधारीलाई गोली लागेको थियो । गम्भीर घाइते अवस्थामा स्थानीय अस्पताल पुर्‍याइएका ती संदिग्धलाई चिकित्सकले मृत घोषित गरेका थिए । गोलाबारीका क्रममा त्यहाँ उपस्थित एक सर्वसाधारणलाई पनि गोली लागेको अधिकारीले पुष्टि गरेका छन् । यद्यपि, सुरक्षामा खटिएका कुनै पनि अधिकारी घाइते भएका छैनन् । घटनाको समयमा अमेरिकी राष्ट्रपति ह्वाइट हाउसमै उपस्थित भए तापनि उनी पूर्ण रूपमा सुरक्षित रहेको र कुनै पनि सुरक्षा कारबाही वा सञ्चालन प्रभावित नभएको सेक्रेट सर्भिसले जनाएको छ ।

गोली चल्न थालेपछि ह्वाइट हाउस क्षेत्रमा एकाएक आतंक फैलिएको थियो । ह्वाइट हाउसको उत्तरी चौरबाट प्रत्यक्ष प्रसारणको तयारी गरिरहेकी अमेरिकी सञ्चार माध्यम एबीसी न्युजकी पत्रकार सेलिना वाङले गोलीको आवाज सुनेपछि ज्यान जोगाउन झुकेको भिडियो सार्वजनिक गरेकी छिन् । उनले सामाजिक सञ्जालमा भिडियो शेयर गर्दै आफूलाई तत्काल ‘प्रेस ब्रिफिङ हल’ तर्फ दौडिन निर्देशन दिइएको उल्लेख गरेकी छिन् ।

अमेरिकी सेक्रेट सर्भिसको विज्ञप्ति अनुसार यस घटनाको विस्तृत अनुसन्धान भइरहेको छ र थप विवरण उपलब्ध हुनासाथ सार्वजनिक गरिनेछ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।