Khaptad Organic Nepal

चितवन । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशनमा नयाँ केन्द्रीय सदस्य चयनका लागि भौतिक रूपमा हुने मतदानको कार्य सम्पन्न भएको छ । पार्टीको केन्द्रीय निर्वाचन आयोगका अनुसार नेतृत्व छान्नका लागि भएको यस प्रक्रियामा जम्मा २ हजार ९५९ मत खसेको छ ।

अब एपको माध्यमबाट प्रवासमा रहेका प्रतिनिधिहरूले आफ्नो मताधिकार प्रयोग गर्ने तयारी भइरहेको छ र सो प्रक्रिया सकिएपछि मात्रै अन्तिम मतपरिणाम सार्वजनिक गरिने निर्वाचन आयोगले जनाएको छ ।

पार्टीको विधानअनुसार केन्द्रीय सदस्यमा विजयी भएका व्यक्तिहरू मात्र पदाधिकारीको उम्मेदवार बन्न पाउने व्यवस्था छ । त्यसैले केन्द्रीय सदस्यको परिणाम आउनासाथ पदाधिकारी चयनका लागि अर्को मतदान प्रक्रिया सुरु गरिने बताइएको छ ।

यसपटक पदाधिकारीतर्फ खुला उपसभापति, महिला उपसभापति, महामन्त्री, दुई खुला सहमहामन्त्री र दुई महिला सहमहामन्त्री पदका लागि निर्वाचन हुँदै छ । शीर्ष नेतृत्वको हकमा भने पार्टी सभापति पदमा रवि लामिछाने यसअघि नै निर्विरोध चयन भइसकेका छन् भने वरिष्ठ नेता पदमा बालेन्द्र शाहलाई मनोनित गर्ने विधानमै स्पष्ट व्यवस्था गरिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।