Khaptad Organic Nepal

काठमाडौँ । परराष्ट्र मन्त्रालयले सर्वसाधारणलाई अझ सहज र छिटो राहदानी उपलब्ध गराउन आगामी असार २९ गतेदेखि नयाँ प्राविधिक प्रणाली कार्यान्वयनमा ल्याउने भएको छ ।

शुक्रबार आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता लोकबहादुर पौडेल क्षेत्रीले राहदानी वितरण कार्यलाई आधुनिक र प्रविधिमैत्री बनाउन नयाँ प्रणाली सुरु गर्न लागिएको जानकारी दिनुभयो । मन्त्रालय र राहदानी विभागले यसको सम्पूर्ण तयारी पूरा गरिसकेका छन् । सुरुवाती चरणमा केही सामान्य प्राविधिक समस्या आए पनि सेवा प्रवाहमा कुनै अवरोध नहुने र यो नियमित रूपमा सुचारु रहने मन्त्रालयले प्रष्ट पारेको छ ।

सरकारले राहदानी सेवालाई व्यवस्थित बनाउन अन्य दुई महत्त्वपूर्ण कदम पनि चालेको छ । तयारी भइसकेका राहदानीहरू छिटोभन्दा छिटो सम्बन्धित जिल्ला तथा इलाका प्रशासन कार्यालयमा पुर्‍याउन हुलाक विभागसँग सम्झौता भइसकेको छ ।

यसैगरी, नागरिकले आफ्नो स्थायी ठेगाना जहाँ भए पनि आफूलाई पायक पर्ने जुनसुकै जिल्ला वा इलाका प्रशासन कार्यालयबाट राहदानीका लागि आवेदन दिन सक्ने गरी नयाँ व्यवस्थाको प्रक्रिया अघि बढाइएको छ । यस कदमबाट सेवाग्राहीले आफ्नै पायक पर्ने स्थानबाट सहजै सेवा पाउने विश्वास सरकारले लिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।