Khaptad Organic Nepal

चितवन । मुग्लिङ–नारायणगढ सडकखण्ड अन्तर्गत इच्छाकामना गाउँपालिका–६ जलबिरे नजिकै आइतबार बिहान भएको त्रिपक्षीय सवारी दुर्घटनामा परी घाइते हुनेको संख्या ३३ पुगेको छ ।

दुईवटा यात्रुवाहक बस र एउटा ट्रक एकआपसमा ठोक्किँदा उक्त दुर्घटना भएको हो । प्रहरीका अनुसार काठमाडौंबाट दाङतर्फ प्रस्थान गरेको लु.प्र.०३–००१ ख ०५०५ नम्बरको बस र विपरीत दिशा सर्लाहीबाट काठमाडौंतर्फ आउँदै गरेको म.प्र.०३–००२ ख ७३२ नम्बरको बस एकापसमा जुधेका थिए । सोही क्रममा सर्लाहीतर्फबाटै आउँदै गरेको बा.प्र.०३–००१ ख १६७१ नम्बरको ट्रकसमेत बससँग ठोक्किन पुगेको थियो ।

दुर्घटनाका तत्कालै उद्धार गरिएका सबै ३३ जना घाइतेहरूलाई उपचारका लागि भरतपुर पठाइएको छ । जसमध्ये २४ जनाको नयाँ मेडिकल कलेज र ९ जनाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भइरहेको छ ।

दुर्घटनाका कारण तीनवटै सवारीसाधनमा ठूलो क्षति पुगेको छ । दुर्घटनालगत्तै पूर्ण रूपमा अवरुद्ध बनेको मुग्लिङ–नारायणगढ सडकखण्ड अहिले दुवैतर्फ सुचारु भइसकेको छ । प्रहरीले घटनाको सम्बन्धमा थप अनुसन्धान अघि बढाएको जनाएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।