Khaptad Organic Nepal

दाङ । पूर्वपश्चिम राजमार्गमा यात्रा गर्ने यात्रुलाई अस्वस्थकर र बासी खाना बिक्री गर्दै आएको एक होटललाई प्रशासनले कारबाही गरेको छ ।

राप्ती गाउँपालिका–३ मसुरीयामा सञ्चालित पूर्वपश्चिम हाइवे होटलले पटक-पटक दिइएको सुधारको निर्देशनलाई बेवास्ता गरेपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण कार्यालय र प्रशासनको टोलीले रु. २५ हजार जरिवाना गराएको हो ।

सहायक प्रमुख जिल्ला अधिकारी सावित्रा पुन तथा खाद्य प्रविधि कार्यालयका प्रमुख पदम बरालसहितको टोलीले उक्त होटलको अनुगमन गर्दा फ्रिजमा बासी खाना भण्डारण गरिएको, तरकारीमा हानिकारक कृत्रिम रङ मिसाइएको र भान्सा क्षेत्र अत्यन्तै दुर्गन्धित अवस्थामा भेटेको थियो । यसबाहेक होटलले मूल्यसूची समेत नराखेको र सरसफाइमा चरम लापरबाही गरेको पाइएपछि टोलीले तत्कालै जरिवाना तोकेको हो ।

पटक-पटकको चेतावनीलाई समेत अटेर गरेपछि कडा कदम चालिएको र तोकिएको जरिवाना रकमसहित एक साताभित्र आवश्यक कागजात लिएर जिल्ला प्रशासन कार्यालयमा उपस्थित हुन निर्देशन दिइएको छ । शुक्रबार सोही अनुगमन टोलीले देउखुरी क्षेत्रका अन्य सातवटा होटलहरूको समेत स्थलगत निरीक्षण गरेको थियो।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।