Khaptad Organic Nepal

जनकपुरधाम । जिल्ला प्रशासन कार्यालय सप्तरीले राजबिराज तथा बोदेबरसाइन क्षेत्रमा लागू गरिएको कर्फ्यु हटाउने निर्णय गरेको छ ।

प्रमुख जिल्ला अधिकारी श्यामकृष्ण थापाका अनुसार आइतबार आयोजना गरिएको जिल्ला सुरक्षा समितिको बैठकले कर्फ्यु हटाउने निष्कर्ष निकालेको हो । कर्फ्यु हटाइए पनि प्रशासनले मानिसहरूको आवतजावत र भेलालाई नियन्त्रण गर्न ती क्षेत्रहरूमा निषेधाज्ञा भने जारी राखेको छ । नयाँ व्यवस्थाअनुसार अब ५ जनाभन्दा बढी व्यक्ति एकै ठाउँमा जम्मा हुन, कुनै पनि किसिमको सभा, जुलुस, धर्ना वा प्रदर्शन गर्न पाइने छैन ।

प्रशासनले राजबिराज नगरपालिका अन्तर्गत पूर्वमा खाडो खोला, पश्चिममा हुलाकी राजमार्गको जमुनी थलही, उत्तरमा रुपनी रोडको बसविट्टी र दक्षिणमा विष्णुपुर गाउँपालिकातर्फ पर्ने कोसी पश्चिम मूल नहरसम्मको सीमाभित्र निषेधाज्ञा लागू गरेको छ ।

यसै गरी, बोदेबरसाइन नगरपालिकाको पूर्वतर्फ हुलाकी राजमार्गको खडक पुल, पश्चिममा प्रितमपुर चोक, उत्तरमा नेगडा चोक तथा दक्षिणमा मानराजा चोकसम्मको क्षेत्रलाई निषेधित क्षेत्र तोकिएको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।