Khaptad Organic Nepal

काठमाडौँ । विश्वभरका सडकमा सवारीसाधनको चाप र यात्रुको आवागमनलाई व्यवस्थित बनाउने उद्देश्यले हरेक वर्ष अगस्ट ५ का दिन अन्तर्राष्ट्रिय ट्राफिक बत्ती दिवस मनाइने गरिन्छ ।

सन् १९१४ अगस्ट ५ मा अमेरिकाको ओहायो राज्यस्थित क्लिभल्यान्ड सहरमा विश्वकै पहिलो विद्युतीय ट्राफिक बत्ती प्रणाली जडान गरिएको थियो । सोही ऐतिहासिक कदमको स्मरण गर्दै आज यो दिवस मनाइने गरिएको हो ।

विश्वको पहिलो विद्युतीय ट्राफिक बत्तीको डिजाइन जेम्स होजले गरेका थिए भने यसको प्रारम्भिक अवधारणामा लेस्टर वायरको पनि ठूलो योगदान थियो । त्यस समयमा युक्लिड एभेन्यु र पूर्व १०५औँ सडकको चोकमा सुरु गरिएको उक्त प्रणालीमा रातो र हरियो बत्ती मात्र प्रयोग गरेर सवारीसाधन र पैदलयात्रीको आवागमन नियन्त्रण गरिन्थ्यो ।

यस दिवसको प्रमुख लक्ष्य सडक दुर्घटना कम गर्न, सवारी चाप व्यवस्थापन गर्न तथा चालक, पैदलयात्री र साइकलयात्रीको सुरक्षा सुनिश्चित गर्न ट्राफिक बत्तीको भूमिकाबारे जनचेतना जगाउनु हो ।

ट्राफिक संकेतको इतिहास हेर्दा सन् १८६८ मा बेलायतको लन्डनमा ग्यासबाट चल्ने र हातैले सञ्चालन गरिने प्रणालीबाट यसको सुरुवात भएको थियो । समयक्रमसँगै प्रविधिमा आएको ठूलो परिवर्तनका कारण अहिले कृत्रिम बुद्धिमत्ता (AI) र स्वचालित प्रणालीमा आधारित अत्याधुनिक ट्राफिक व्यवस्थापन सम्भव भएको छ ।

सडक सुरक्षा र व्यवस्थित यातायात प्रणालीको महत्त्वलाई उजागर गर्दै आज विश्वभर विभिन्न चेतनामूलक कार्यक्रम आयोजना गरिँदै छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।