Khaptad Organic Nepal

काठमाडौँ । मनसुनी वायुको प्रभावका कारण देशका विभिन्न भू-भागमा मेघगर्जन र चट्याङ्गसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

जल तथा मौसम विज्ञान विभागका अनुसार मनसुनको न्यून चापीय रेखा सरदर स्थानभन्दा केही उत्तरतर्फ नेपालको तराई भू-भाग नजिक रहेकाले वर्षाको गतिविधि बढेको हो ।

विभागका अनुसार हाल बागमती र गण्डकी प्रदेशका केही स्थानमा मध्यम वर्षा भइरहेको छ । यस्तै कोशी, कर्णाली र सुदूरपश्चिमका थोरै ठाउँमा तथा लुम्बिनी प्रदेशका एक-दुई स्थानमा मेघगर्जनसहित पानी परिरहेको छ ।

आज दिउँसो र राति देशका अधिकांश भागमा साधारणतया बादल लाग्ने अनुमान गरिएको छ । हिमाली भेगका केही स्थानमा वर्षा वा हिमपातको सम्भावना छ । पहाडी र तराईका धेरैजसो स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने देखिन्छ ।

विशेष गरी कोशी, बागमती र गण्डकी प्रदेशका हिमाली तथा पहाडी क्षेत्रका साथै लुम्बिनी प्रदेशका केही स्थानमा भारीदेखि धेरै भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।