Khaptad Organic Nepal

काठमाडौँ । संघीय संसदका चार वटा विषयगत समितिका बैठकहरू आज एकै दिन आयोजना हुँदैछन् ।

प्रतिनिधि सभा र राष्ट्रिय सभाअन्तर्गतका दुई-दुई वटा समितिमा आ-आफ्ना तोकिएका एजेन्डामाथि छलफल हुन लागेको हो ।

पूर्वाधार विकास समितिको बैठक बिहान १० बजे बोलाइएको छ, जसमा समितिका आन्तरिक गतिविधिको समीक्षाका साथै राष्ट्रिय गौरवका आयोजना अध्ययन उपसमितिले तयार पारेको प्रतिवेदनमाथि छलफल गरिनेछ । त्यस्तै, बिहान ९ बजे बस्ने शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठकमा राष्ट्रिय विधि विज्ञान प्रयोगशाला (स्थापना र सञ्चालन) विधेयक, २०८१ माथि छलफल हुने कार्यसूची तय छ ।

यसैगरी, राष्ट्रिय सभातर्फ विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान साढे ११ बजे बस्दैछ, जहाँ राष्ट्रिय सदाचार नीति, २०८३ को कार्यान्वयनबारे विचार-विमर्श हुनेछ । उता बिहान ११ बजे सुरु हुने संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठकमा भने समितिको बैठक सञ्चालन कार्यविधिका विषयमा छलफल गरिने संसद् सचिवालयले जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।