Khaptad Organic Nepal

काठमाडौँ । स्वास्थ्य बीमा बोर्डले नागरिकलाई सहज रूपमा सेवा उपलब्ध गराउन अनलाइन प्रणालीको सुरुआत गरेको छ । अब सेवाग्राहीले घरमै बसेर स्वास्थ्य बीमामा नयाँ दर्ता, बीमालेख नवीकरण तथा व्यक्तिगत विवरण अद्यावधिक गर्न सक्नेछन् ।

विद्युतीय प्रणालीमार्फत नागरिक आफैँ वा दर्ता सहयोगीले सम्पूर्ण परिवारलाई बीमामा आबद्ध गराउन सक्ने व्यवस्था मिलाइएको छ । यस प्रणालीलाई राष्ट्रिय परिचयपत्रसँग जोडिएको छ भने राष्ट्रिय परिचयपत्र नभएका सदस्यहरूको विवरण म्यानुअल रूपमा दर्ता गर्ने विकल्प पनि दिइएको छ । बीमा शुल्क भुक्तानीका लागि इसेवा, खल्ती र कनेक्ट आईपीएसजस्ता डिजिटल माध्यम प्रयोग गर्न सकिनेछ । पहिले नै बीमा गरिसकेका परिवारले भने परिवारमूलीको बीमा नम्बर प्रयोग गरी विवरण सच्याउन वा नवीकरण गर्न सक्नेछन् ।

कार्यालय तथा संगठित संस्थाका लागि भने एकैपटक धेरै कर्मचारी वा सदस्यलाई आबद्ध र नवीकरण गराउन सकिने सुविधा पनि छ । जिल्ला तथा प्रदेशबाट आवेदन प्रमाणीकरण र स्वीकृति भएपछि विद्युतीय स्वास्थ्य बीमा परिचयपत्र जारी हुनेछ ।

यस डिजिटल सेवाबाट सेवाग्राहीको समय बचत हुनुका साथै सेवा प्रवाहमा पारदर्शिता आउने र तथ्याङ्क थप व्यवस्थित हुने बोर्डको विश्वास छ । इच्छुक व्यक्तिले बोर्डको आधिकारिक पोर्टल (https://eportal.hib.gov.np/) मार्फत यी सेवाहरू लिन सक्नेछन् ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।