Khaptad Organic Nepal

काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्ना केन्द्रीय सदस्यहरूका लागि आयोजना गरेको दुई दिने प्रशिक्षण कार्यशाला शनिबारदेखि सुरु भएको छ ।

बूढानीलकण्ठस्थित पार्क भिलेज रिसोर्टमा ‘नीति, संगठन र नेतृत्व’ (श्रृंखला-१) विषयक कार्यशाला सञ्चालन भइरहेको हो ।

उक्त प्रशिक्षण कार्यक्रममा विज्ञद्वय अनिल चित्रकार, प्रमोद न्यौपाने र आनन्द मिश्रले सहजीकरण गरिरहेका छन् । दुई दिनसम्म चल्ने सो कार्यशालामा पार्टीको नीतिगत स्पष्टता, सांगठानिक सुदृढीकरण र भावी रणनीतिबारे गहन छलफल हुने जनाइएको छ ।

कार्यशालाको पहिलो दिन अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले पार्टीको प्रस्तावनाको व्याख्या गर्दै सामाजिक लोकतन्त्र र यसका आधारभूत स्तम्भहरूबारे धारणा राख्ने तय भएको छ । त्यसैगरी, महामन्त्री विपिन आचार्यले रास्वपाको मूल मूल्य-मान्यताका साथै आगामी स्थानीय तह निर्वाचनका लागि उम्मेदवार चयन गर्ने रूपरेखा प्रस्तुत गर्नेछन् । कार्यक्रममा बजेट निर्माणका वैज्ञानिक पद्धति, सरकार र पार्टीबीचको अन्तरसम्बन्ध एवं उत्पन्न समस्या समाधानका उपायहरूबारे समेत विषयगत प्रस्तुति रहनेछ ।

दोस्रो दिन आइतबार पार्टीको सांगठानिक ढाँचा, सञ्चार माध्यम तथा सोसल मिडियाको प्रभावकारी प्रयोग र २१ औँ शताब्दी अनुकूलको राजनीतिक दल निर्माणका विषयमा छलफल हुनेछ ।

आधुनिक प्रविधिलाई आत्मसात् गर्दै राजनीतिमा एआई (कृत्रिम बौद्धिकता) प्रयोग गर्ने व्यावहारिक तरिकाहरूबारे पनि विशेष प्रस्तुति दिइनेछ । दुई दिने कार्यशालाको समापन सत्रलाई सभापति रवि लामिछानेले सम्बोधन गर्ने कार्यक्रम रहेको छ ।

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।