Khaptad Organic Nepal

काठमाडौँ । शेयर बजारमा बुधबार दोहोरो अंकको गिरावट दर्ता भएको छ । धितोपत्र बजार मापक सूचक नेप्से १५.४३ अंकले घटेर २५४५.४० विन्दुमा पुगेर थामिएको छ ।

आज बजारमा कुल ३५२ कम्पनीका १ करोड ९ लाख ६५ हजार ५४२ कित्ता शेयर रु. ४ अर्ब १९ करोड ८९ लाख २१ हजार ३९ बराबरमा किनबेच भएका छन् । कारोबार अवधिभर सबै उपसूचकहरूमा रातो पोतिएकाले समग्र बजारमा शिथिलता देखिएको छ ।

मुल्यवृद्धिका हिसाबले अपर लाहोर खोला हाइड्रोपावरको शेयरमा सकारात्मक सर्किट लाग्यो भने शुभम पावरका लगानीकर्ताले ६.४० प्रतिशत कमाए । अर्कातर्फ, इमर्जिङ नेपालको शेयर मूल्य सबैभन्दा बढी १४.९९ प्रतिशतले ओरालो लागेको छ ।

कारोबार रकमका आधारमा रिलायन्स स्पिनिङ मिल्स रु. ४२ करोड ७६ लाखसहित शीर्ष स्थानमा रह्यो । त्यस्तै, सेन्ट्रल फाइनान्सले रु. १७ करोड ११ लाख बराबरको कारोबार गर्दै दोस्रो स्थान हासिल गरेको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।