चतरा । कोशी नदीमा जलसतह बढेपछि सुरक्षा सतर्कता अपनाउन थालिएको छ । मंगलबार बिहान ११:१५ बजेको मापन अनुसार कोशी ब्यारेज भएर बग्ने पानीको प्रवाह प्रतिसेकेन्ड १ लाख ६६ हजार २६५ क्युसेक पुगेको छ । नदीमा पानीको मात्रा निरन्तर बढेपछि सम्भावित जोखिमलाई ध्यानमा राख्दै ब्यारेजका ५६ ढोकामध्ये २० वटा ढोका खोलिएका छन् ।
सप्तकोशी जलमापन केन्द्रका अनुसार ब्यारेजमा पानीको बहाव १ लाख ५० हजार क्युसेक नाघ्ने बित्तिकै खतराको सूचक मानिन्छ । सोही मापदण्ड अनुसार अहिले खतराको संकेतस्वरूप रातो झन्डा गाडिनुका साथै रातो बत्ती बालेर तटीय क्षेत्रका बासिन्दालाई सजग रहन आग्रह गरिएको छ ।

