Khaptad Organic Nepal

कैलाली । कैलालीको पूर्व–पश्चिम राजमार्ग अन्तर्गत गौरीगंगा नगरपालिका–२ झिलमा मिनी ट्रकको ठक्करबाट मङ्गलबार बिहान एक बालकले ज्यान गुमाएका छन् ।

पश्चिमबाट पूर्वतर्फ गइरहेको से १ क १३५२ नम्बरको मिनी ट्रकले बाटोमा हिँडिरहेका ५ वर्षीय बालक लेखराज देउवालाई ठक्कर दिएको थियो ।

दुर्घटनामा टाउको र छातीमा गम्भीर चोट लागेका उनलाई तत्काल धनगढीस्थित माया मेट्रो अस्पताल पुर्‍याइएको भए पनि उपचारका क्रममा बिहान ९:२० बजे चिकित्सकले मृत घोषित गरेका हुन्। मृतक बालक स्थानीय भरत देउवाका छोरा हुन् ।

घटनालगत्तै प्रहरीले सवारी साधन र चालक लम्कीचुहा नगरपालिका–२ निवासी २९ वर्षीय सुनिल चौधरीलाई नियन्त्रणमा लिएको छ । प्रहरीले दुर्घटनाको कारणबारे आवश्यक छानबिन भइरहेको जनाएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।