Khaptad Organic Nepal

काठमाडौँ । नेपाल न्याय सेवाका रिक्त राजपत्राङ्कित विशिष्ट श्रेणीका पदहरूमा तीन जना वरिष्ठ अधिकारीलाई बढुवा सिफारिस गरिएको छ ।

न्याय सेवा आयोगको भदौ ३० गते बसेको बैठकले सर्वोच्च अदालत तथा न्याय परिषद्मा कार्यरत कर्मचारीहरूको पदोन्नति, नियुक्ति र पदस्थापनका लागि नाम सिफारिस गर्ने निर्णय गरेको हो ।

निर्णयअनुसार सर्वोच्च अदालतको रजिस्ट्रार पदमा सहरजिस्ट्रार ठगीन्द्र कट्टेल र अर्का सहरजिस्ट्रार बाबुराम दाहाललाई विशिष्ट श्रेणीमा बढुवा गरी पदस्थापनका लागि सिफारिस गरिएको छ ।

त्यसैगरी न्याय परिषद्को सचिव पदमा हालका कायममुकायम सचिव रामप्रसाद भट्टराईलाई बढुवा नियुक्तिसहित पदस्थापन गर्न सिफारिस गरिएको हो । न्याय सेवालाई थप प्रभावकारी बनाउन आयोगले योग्यता र ज्येष्ठताका आधारमा यी रिक्त पद पूर्ति गर्ने निर्णय लिएको छ ।

लेखक

Share.
Bhoj Bhagirathi Trust

खप्तड मिडिया नेपाल प्रा. लि.

खप्तड मिडिया नेपाल प्रा.लि.
काठमाडौं–१६, बागमती प्रदेश, नेपाल

सूचना विभाग दर्ता नं.: २९७२-२०७८/७९

संस्थापक/सम्पादक: डा. तेजराज जोशी रेग्मी
सह-सम्पादक/आईटी प्रबन्धक: सुदर्शन गुरुङ

सम्पर्क

इमेल: info@khaptadmedia.com
विज्ञापन: marketing@khaptadmedia.com
मोबाइल: ९८४११९१५७९ (सह-सम्पादक)
सम्पादक इमेल: drtjjoshi@khaptadmedia.com

महत्त्वपूर्ण टेलिफोन नम्बर

  • Police: 100
  • Traffic Police: 103
  • Ambulance: 102
  • Fire Station: 101
  • Tourist Police: +977-14247041, 9851289444, 1144 (Toll-Free, Hotline)
  • Nepal Tourism Board: +977 1 4256909
  • Department of Tourism: +977 1 4247037

© 2026 खप्तड मिडिया नेपाल प्रा. लि. सर्वाधिकार सुरक्षित।