काठमाडौँ । नेपाल स्टक एक्सचेन्ज (नेप्से) को डाटा हबमा उत्पन्न भएको प्राविधिक ढिलासुस्ती र अवरोध पूर्ण रूपमा हटेको छ ।
धितोपत्र बोर्ड तथा नेप्सेका अनुसार ७२ वटा कारोबार सदस्य ब्रोकर कम्पनीहरूसँग जोडिएको मुख्य तथ्यांक केन्द्र मर्मत भएपछि शेयर बजार पुनः सामान्य अवस्थामा फर्किएको हो ।
प्राविधिक गडबडीका कारण अघिल्लो दिन सोमबार शेयर कारोबार ठप्प हुन पुगेको थियो । समस्या निराकरण भएसँगै आज असोज ६ गते मङ्गलबारदेखि बजारमा नियमित किनबेच सुचारु हुने नेप्सेले स्पष्ट पारेको छ ।

